प्रहरीको ‘अपरेशन केक’, दुई कारोबारी पक्राउ

काठमाडौँ । अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज कारोबार गरेको फेला परेपछि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ‘अपरेशन केक’ सुरु गरेको छ । उक्त अपरेशनअन्तर्गत प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ ।
‘अपरेशन केक’ जारी रहने ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार यही पुस २२ गते काठमाडौँमा विशन मानन्धर पक्राउ परेका थिए । ब्यूरोले टोली परिचालन गरी मङ्गलबार थप दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको उनले बताए। पक्राउ पर्नेमा काठमाडौँको सोह्रखुट्टेका २६ वर्षीय मोहमद फाजिल र काठमाडौँको दक्षिणकाली नगरपालिका–३ का २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन् ।
दुवैजनाले ललितपुरको एकान्तकुनामा घर भाडामा लिई केक र कुकिजमा गाँजा मिसाएर कारोबार गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक जोशीले बताए । प्रहरीले उनीहरुको कोठाबाट एक किलो एक सय ग्राम गाँजा, एक किलो पाँच सय ६८ किलो डाँठसहितको गाँजा, बिक्री गर्न राखेको एक किलो नौ सय ग्राम केक, एक थान माइक्रोओभन, नौ सय ग्राम बटर तथा एक किलो तीन सय ग्राम कुकिज बरामद गरेको छ ।
फाजिल र जैसीले एक वर्षदेखि घर भाडामा लिई स्वीट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ ।
















School shooting in southern Thailand leaves principal dead
62nd Session of Programming Committee of SAARC convenes
आज कति छ सुनको भाउ ?
One dead, four injured in Bharatpur road mishap
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया