बिहीबार, वैशाख १०, २०८३

भरतपुर क्षेत्रको रेलमार्ग सर्भे स्थगित : मन्त्री ज्वाला

मेरोन्यूज २०८० पुष २८ गते २०:४२


चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्व–पश्चिम रेलमार्गको भरतपुर क्षेत्रमा सर्भे स्थगन भएको बताएका छन् ।

Advertisement
NiccNicc

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको पूर्व-पश्चिम रेलमार्गको सर्भेका क्रममा भरतपुर महानगरपालिका क्षेत्रभित्र देखिएका समस्याका सम्बन्धमा आयोजित छलफलका क्रममा उनले स्थानीयको चाहनाविपरीत रेलमार्ग नबन्ने बताए।

रेलमार्गको विकल्प दिन आग्रह गर्दै उनले नयाँ विकल्पका विषयमा छलफल अघि बढ्ने बताए । भरतपुर महानगरपालिकाले दिएको विकल्पबारे प्राविधिकरूपमा अध्ययन गरिने उनको भनाइ थियो । उनले थपे, “यो भन्दा उपयुक्त विकल्प दिन म यहाँहरूलाई अनुरोध गर्दछु ।” महानगरपालिकाले दिएको विकल्पबारे मन्त्रालयले मात्रै गरेर नहुने भएकाले प्रधानमन्त्रीसँग पनि छलफल गरिने उनले बताए ।

त्यस अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अहिले रेखाङ्कन गरिएको रेलमार्गमा घना बस्ती भएको र आठ सयभन्दा बढी घरधुरी पर्ने भन्दै नयाँ विकल्प प्रस्ताव गरिएको बताइन । महानगरका तर्फबाट वडा नं ११ र १२ को वन क्षेत्रको छेउ हुँदै रेलमार्ग बनाउँदा छोटो र कम लागतमा बन्ने उनको भनाइ थियो । यसरी रेलमार्ग बनाउँदा नारायणीको साँघुरो क्षेत्रबाट पार गर्न सकिने उनको तर्क थियो ।

प्रतिक्रिया