एनिमलको सफलतापछि रणवीरले डबल गरे पारिश्रमिक

काठमाठौं । रणवीर कपूर अभिनित फिल्म एनिमलले बक्स अफिसमा कीर्तिमानी कमाई गरेको थियो । अहिले यो फिल्मको सफलतापछि रणवीरले आफ्नो पारिश्रमिक बढाएको खबर आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार रणवीरले आफ्नो पारिश्रमिक ३० करोडबाट बढाएर ६५ करोड रुपैयाँ पुर्याएका छन् । तर, यसबारे अभिनेताको तर्फबाट भने अहिलेसम्म पुष्टि भएको छैन ।
रणबीरको परिवारलाई पनि उनको पारिश्रमिकको विवरण थाहा छैन । रणवीरका नजिकका एक व्यक्तिका अनुसार उनकी श्रीमती आलिया र उनकी आमा नीतु कपूरलाई पनि थाहा छैन कि रणवीरले एनिमल पछिको अर्को प्रोजेक्टका लागि कति पारिश्रमिक लिइरहेका छन् ।
रिपोर्टमा विश्वास गर्ने हो भने हरेक कलाकारले आफ्नो फिल्मको सफलतापछि आफ्नो पारिश्रमिक बढाउँछन् । यसअघि सन्नी देओलले ‘गदर २’पछि आफ्नो पारिश्रमिक पनि बढाएका थिए । फिल्म रिलिज हुनुअघि कलाकारले ८ करोड मात्रै लिने गरेका थिए । अहिले कलाकारहरुले प्रति फिल्म ५० करोड भारु लिएको चर्चा छ ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिक्रिया