आइतबार, वैशाख २०, २०८३

राष्ट्रपतिले भने – नेपाली जनता पछाडि फर्किन चाहँदैनन्, संविधान कार्यान्वयनमा जाऔं 

मेरोन्यूज २०८० माघ १ गते १४:०५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल बनाउन दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

Advertisement
NiccNicc

माघीको अवसरमा प्रधानमन्त्रीसहित दलका नेतालाई शीतल निवासमा बोलाएर गरेको छलफलमा उनले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको बताएका हुन् ।

राष्ट्रपतिले भने, ‘त्यो कानून निर्माण छिटोभन्दा छिटो गर्नुपर्छ । संविधान कार्यान्यान्वयमा जाऔं । जनताको निराशामा आशामा परिणत गरौं । यो संविधानलाई कार्यान्वयन नगरेर अहिले निराशा बढेको हो । जनताले पछाडि फर्किन चाहेका छैनन् मैले बुझेको छु । जनताले अगाडि बढ्ने चाहना राखेका छन् ।’

कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरूको उपस्थिति थियो ।

प्रतिक्रिया