स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन
मेरोन्यूज
२०८० माघ ४ गते ११:१०

बाजुरा । बाजुराको स्वामीकार्तीक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ।
गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार बिहीबार बिहान करिब ४ बजेतिर जोशीको ५२ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो।
उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन्। ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा जोशी नेपाली कांग्रेसको उम्मेदवारका रुपमा स्वामीकार्तीक खापर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया