एमडीएमएस निर्णयको प्रक्रियामा : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेरामक्स कार्यान्वयन नगर्न निर्देशन दिइएको बताएकी छन् ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले अदालतले पनि गोपनीयताको कानुन र कार्यविधि स्पष्ट नभएसम्म अघि नबढ्न भनेको जनाइन् ।
मन्त्री शर्माले टेरामक्स प्रविधि जडानका लागि खरिद प्रक्रियामा प्रश्न उठेर संवैधानिक निकायबाटसमेत छानबिन भइरहेकाले कार्यन्वयन रोक्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताइन् ।
उनले एमडीएमएस प्रणालीको खरिददेखि सामग्रीबारे छानबिन समिति बनाइएको र निष्कर्ष निकालेको बताएकी छन् । अहिले पनि एमडीएमएस निर्णयको प्रक्रियामा रहेको उनले उल्लेख गरिन् । यसको सफ्टवेयर र हार्डवेयर पनि हेरफेर भइरहेको उनको भनाइ छ ।
एनसेलको ८० प्रतिशत शेयर खरिद(बिक्रीबारे छानबिनका निम्ति समिति बनाइएको र त्यसले काम गरिरहेको उनले जानकारी दिइन् । मन्त्री शर्माले आफू आएपछि मन्त्रालयभित्रका बेथिति हटाउन पहल गरेको र प्राधिकरणका अनियमतताको छानबिन थालिएकोले अध्यक्षले राजीनामा दिएको बताइन् ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया