सप्तरीमा जनमत र प्रहरीबीच झडप, मन्त्री र सांसद घाइते
मेरोन्यूज
२०८० माघ ८ गते १६:४१

काठमाडौं । सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको प्रमुख अतिथि बनाउँदा सप्तरीको राजविराज तनावग्रस्त बनेको हो ।
सिके राउत नेतृत्वको जनमत पार्टीको विरोधका बाबजुद पनि मधेस प्रदेश सरकारले उपेन्द्रलाई विश्वविद्यालय शिलान्यासको प्रमुख अतिथि बनाएको थियो ।
कार्यक्रम स्थगित गर्न भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले विरोध गरेका थिए । जसपा र जनमत पार्टीका नेता कार्यकर्ताबीच हानाहान हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरू सतिश सिंह, रञ्जु खंगसहित केही कार्यकर्ता घाइते भएका छन् ।
उपेन्द्रलाई प्रमुख अतिथि नबनाउन जनमतले चेतावनी दिँदै आएको थियो ।
सम्बन्धित
















झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
मौसम पूर्वानुमान: कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया