सप्तरीमा जनमत र प्रहरीबीच झडप, मन्त्री र सांसद घाइते
मेरोन्यूज
२०८० माघ ८ गते १६:४१

काठमाडौं । सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको प्रमुख अतिथि बनाउँदा सप्तरीको राजविराज तनावग्रस्त बनेको हो ।
सिके राउत नेतृत्वको जनमत पार्टीको विरोधका बाबजुद पनि मधेस प्रदेश सरकारले उपेन्द्रलाई विश्वविद्यालय शिलान्यासको प्रमुख अतिथि बनाएको थियो ।
कार्यक्रम स्थगित गर्न भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले विरोध गरेका थिए । जसपा र जनमत पार्टीका नेता कार्यकर्ताबीच हानाहान हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरू सतिश सिंह, रञ्जु खंगसहित केही कार्यकर्ता घाइते भएका छन् ।
उपेन्द्रलाई प्रमुख अतिथि नबनाउन जनमतले चेतावनी दिँदै आएको थियो ।
सम्बन्धित
















Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया