सोमबार, चैत २३, २०८२

सेयर बजारमा सामान्य गिरावट, ४ अर्बमाथिकाे काराेबार

मेरोन्यूज २०८० माघ ९ गते १५:३३

काठमाडौं । साताको तेस्रोदिन मंगलबार पनि सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ० दशमलव ४० अंकले घटेर २,०९८ को विन्दुमा कायम भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार १०३ कम्पनीको शेयर मुल्य बढेको छ भने १३७ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । यस कम्पनीको ५५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

प्रतिक्रिया