बिहीबार, वैशाख २४, २०८३

बारामा ५३ तोला चाँदीसहित २ जना पक्राउ

मेरोन्यूज २०८० माघ ९ गते १७:१९

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । बारा प्रहरीले ५३ तोला चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धरान उपमहानरपालिका–५ घर भएका ३५ वर्षीय गुजराज विक र इटहरी नगरपालिका–३ का २४ वर्षीय बद्री विक छन्।

Advertisement
NiccNicc

माघ ८ गते दिउँसो ६ बजेतिर बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२७ प १८५१ नम्बरको स्कुटरमा सवार उनीहरुबाट ५३ तोला चाँदी बरामद भएको बारा प्रहरीका प्रवक्ताले बताए।

उक्त चाँदीका लागि उनीहरुले १ लाख १३ हजार १७० रुपैयाँ बराबरीको फर्जी बिल समेत बनाएर बोकेको खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया