बागमतीमा निर्वाचनको तयारी पूरा, ४ सदस्यका लागि १५ जनाको प्रतिस्पर्धा

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ। बागमती प्रदेशमा चार राष्ट्रियसभा सदस्यका लागि बिहीबार मतदान हुनेछ।
निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाका निमित्त प्रमुख ताराप्रसाद आचार्यका अनुसार हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदानको व्यवस्था गरिएको छ।
प्रदेशसभा सदस्य, प्रदेशका स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्षरउपाध्यक्षले मतदान गर्ने छन्। मतदानका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको उनले बताए।
प्रत्येक मतदान केन्द्रमा १० कर्मचारी खटाइने छन्। मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र नतिजा साँझसम्म सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताए। उक्त निर्वाचनमा १५ जनाको उम्मेदवारी परेको छ।
नेपाली कांग्रेसबाट महिलातर्फ विष्णुकुमारी पुडासैनी र अन्यतर्फ जितजङ्ग बस्नेत, माओवादी केन्द्रबाट अपाङ्गतर्फ श्रीकृष्ण अधिकारी तथा नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार छन्।
त्यसैगरी नेकपा (एमाले)बाट महिलातर्फ रोजकुमारी चौलागाई, अन्यतर्फ त्रिलोचन निर्मल पौडेल, अपाङ्गतारअल्पसङ्ख्यकतर्फ विवेक देवकोटा र दलिततर्फ ध्रुवराज विश्वकर्मा उम्मेदवार रहेका छन्।
राप्रपाबाट अन्यतर्फ हेमजङ्ग गुरुङ, महिलातर्फ नानु नगरकोटी, अपाङ्गतारअल्पसङ्ख्यकतर्फ भरतमणि भट्ट र दलिततर्फ पूर्णबहादुर विश्वकर्मा उम्मेदवार छन्।
यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट महिलातर्फ कृष्णलक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपाली उम्मेदवार छन्।
















जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया