सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य चयनका लागी मतदान शुरु

धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान शुरु भएको छ ।
राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा शुरु भएको मतदानमा प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ ।
मतदान दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६१०० रहेको छ । जसमा सत्तारुढ गठबन्धनको मतभार ४४५७ रहेको छ भने एमालेको मतभार १४८० छ ।
















जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया