लागूऔषधसहित ९ जना पक्राउ

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । झापाकाे कमल गाउँपालिका-७ धिमाल डाँडास्थित सानो होटलबाट अवैध लागूऔषध गाँजा २ सय ५० ग्राम र ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित होटल सञ्चालक बि माया धिमालसमेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
दाङकाे घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम र नगद ३५ हजार ३ सय ५ रूपैयाँसहित सोही ठाउँ बस्ने ३७ वर्षीया कमली नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कमलीको रेष्टुरेन्ट तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुरकाे थाहा नगरपालिका-८ गल्छीबाट अवैध लागूऔषध गाँजा करिब १० किलो र नगद ७४ हजार ९ सय ९५ रूपैयाँसहित धादिङ गजुरी गाउँपालिका-८ महादेवखर्क बस्ने ४३ वर्षीय सानुकान्छा स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१० व्यारेल गडडाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन ८३ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २८ वर्षीय दिवस कुँवर र सोही नगरपालिका-१ बस्ने २८ वर्षीय प्रेम राज जोशी रहेका छन् । प्रहरी चौकी गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुरकै बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित सोही नगरपालिका-१० शिवनगर बस्ने २६ वर्षीय प्रशान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया