‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त कतारबाट पक्राउ
मेरोन्यूज
२०८० माघ ११ गते १७:१६

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवनका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका छन् ।
दोहास्थित नेशनल क्राइम ब्युरोसँगको समन्वयमा कतारमा पक्राउ परेका निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
अभियुक्त खाँविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको जानकारी प्राप्त भएको थियो ।
अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोललाई अनुरोध गरेअनुरुप इन्टरपोलले यही माघ २ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
सम्बन्धित
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया