शुक्रबार, वैशाख १८, २०८३

माओवादी सुदूरपश्चिम संसदीय दल नेताबाट हटाइए खगराज

मेरोन्यूज २०८० माघ १२ गते १४:००

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ ।

Advertisement
NiccNicc

शुक्रबार बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मान बहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि दलको नेतामा खगराज भट्ट रहेका थिए । आजकाे बैठकले भट्टलाई हटाएर धामीलाई चयन गर्ने निर्णय गरेकाे हाे । धामी पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत हुन् ।

भट्टको भूमिकालाई लिएर गुनासो गर्दै राज्यमन्त्रीसहित ७ जना प्रदेश सांसदले पुस २१ गते प्रधानमन्त्री तथा माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित पत्र बुझाएका थिए ।

प्रतिक्रिया