चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख नेपालमा
मेरोन्यूज
२०८० माघ १२ गते १६:०९

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छन्।
उच्चस्तरीय राजनीतिक भेटघाटका लागि तीन दिने भ्रमणमा उनी नेपाल आएकी हुन्।
नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने छिन्। उनले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
यस्तै शनिबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने र साढे ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
आइतबार ९ देखि ११ बजेसम्म सोल्टी होटलमा हुने एउटा कार्यक्रममा उनी सहभागी हुने छिन्। सोही दिन ३ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तय भएको छ।
आइतबार नै उनले माओवादी केन्द्रका दोस्रो तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित
















जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया