मंगलबार, वैशाख ८, २०८३

अध्यागमन अधिकृतमाथि कुटपिटबारे छानबिन गर्न गृहले बनायाे समिति

मेरोन्यूज २०८० माघ १२ गते १९:२३

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Advertisement
NiccNicc

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानविन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएका छन्।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुल बहादुर जि.सी.सदस्य रहेका छन् ।

प्रतिक्रिया