तनहुँमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ । तनहुँमा ट्रकको टक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
आइतबार बेलुका ८:५० बजे आबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित पृथ्वी राजमार्ग सडकमा आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ क ५०१२ नम्बरको मिनि ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट आबुखैरेनी गाउँपालिका ३ का २६ वर्षीय सफल राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल रानालाई उपचारका लागि आबुखैरेनी अस्पताल लगिएको थियो।
त्यहाँबाट थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको राति १० बजे उनको मृत्यु भएको खाँणले जानकारी दिए।
मिनि ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
Price of gold and silver declines in domestic market
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह
Bangladesh nationalists claim big election win, Islamists cry foul
PM tabling Muslim Commission’s report in National Assembly
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया