मानव अधिकार उल्लङ्घन गर्ने १०२ जनालाई कारबाही र क्षतिपूर्तिका लागि सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घन गर्ने एक सय दुईजनालाई कारबाही र क्षतिपूर्तिका लागि सिफारिस गरिएको जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा सम्पादन भएका कामबारे जानकारी दिँदै आयोगले नीतिगत सुधारका लागि १३ वटा सिफारिस गरेको समेत उल्लेख गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार कानुनी कारबाही र विभागीय कारबाहीका लागि ७६ जनालाई सिफारिस गरिएको छ भने ६६ जना दोषीको नाम किटान गरिएको छ । साथै क्षतिपूर्तिका लागि ५९ जनाको नाम सिफारिस गरिएको छ ।
सो अवधिमा आयोगमा मानव अधिकारको उल्लङ्घन वा हनन भएको भनी जम्मा एक सय उजुरी दर्ता भएका छन् । यस अवधि र अघिल्ला वर्षमा दर्ता भएकासहित तीन सय ५४ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको आयोगले जनाएको छ ।
आयोगले दर्ता हुन आएका उजरीमध्ये प्रमुख महासन्धिका आधारमा सबैभन्दा बढी नागरिक तथा राजनीतिक अधिकारसँग सम्बन्धित ४७ वटा छन् भने सबैभन्दा कम जबर्जस्ती व्यक्ति बेपत्ता पार्नेविरुद्धको महासन्धिअन्तर्गत एक उजुरी दर्ता भएका छन् ।
आयोग स्थापनादेखि हालसम्म मानव अधिकार उल्लङ्घन दुरुत्साहनमा दोषी पहिचान भएका व्यक्तिहरूको सङ्ख्या तीन सय ५८ जना पुुगेको छ । आयोगले स्थापनादेखि मानव अधिकार उल्लङ्घनका पीडितलाई क्षतिपूर्ति÷राहत उपलब्ध गराउन रु २८ करोड १३ लाख एक हजार एक सय ९७ सिफारिस गरी पठाएकामा करिब रु सात करोड बराबरको रकम निकासा भएको आयोगले जनाएको छ ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
प्रतिक्रिया