इरानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री अनवर(उल(हक काकरले इरानसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्न आफ्नो देशको दृढ प्रतिबद्धता दोहोर्याएका छन् ।
इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको भेटमा प्रधानमन्त्री काकारले अन्तरराष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरू विशेष गरी दुवै देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मानमा आधारित सहकार्य र सहयोगात्मक दृष्टिकोणबाट साझा चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । ।
त्यस्ता कूटनीतिक सिद्धान्तहरूको महत्त्वलाई उजागर गर्दै पाकिस्तानी प्रधानमन्त्रीले दुवै राष्ट्रको सार्वभौमसत्ता अक्षुण्ड राख्न र स्थापित अन्तरराष्ट्रिय मान्यताहरूको सम्मान गर्दै साझा प्रतिबद्धताको महत्त्वलाई जोड दिनु भएको बताइएको छ ।
साथै उहाँले इरानी राष्ट्रपति इब्राहिम रायसीलाई सकेसम्म चाँडो पाकिस्तान भ्रमण गर्न निमन्त्रणा पनि दिएका छन् ।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया