चलचित्र ‘खुस्मा’ को छायाङ्कन मनाङबाट

मनाङ । चलचित्र ‘खुस्मा’ को पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सुरु भएको छ । पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायाङ्कन सुरुआत गरिएको हो ।
हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी चलचित्रमा पहिलो पटक एकसाथ देखिन थाल्नुभएको निर्माण पक्षको भनाइ छ ।
यस चलचित्रलाई नव–निर्देशक अशोक थापा मगरले निर्देशन गर्नुभएको हो । मनाङमा १० दिन विभिन्न स्थानको दृश्य खिचेर निर्माण युनिट रुकुम जाने बताइएको छ । यस चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई, सुस्मिता बुढाथोकी निर्माताका रुपमा रहेका छन् ।
यस चलचित्रमा एस डी योगीको सङ्गीत र दीपक बज्राचार्यले छायाङ्कन गर्नेछन् । चलचित्रमा अस्तित्व भट्टचन, खड्कबहादुर पुन, अरुण मगरलगायत कलाकारको पनि अभिनय रहने बताइएको छ । एम मिडिया प्रालिको ब्यानरमार्फत निर्माण भइरहेको चलचित्रलाई गोविन्द शाही वितरक रहेका छन् ।
















नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया