पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु
मेरोन्यूज
२०८० माघ १६ गते १७:००

काठमाडौं । कास्कीको पोखरामा बन्दै गरेको घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु भएको छ।
मंगलबार दिउँसो पोखरा महानगरपालिका ६ खहरे चोकस्थित चिनिमाया भण्डारीको बन्दै गरेको निर्माणधीन घरको ५ औं तलाको लिफ्टबाट खस्दा कास्कीको पोखरा महानगरपालिका ८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो।
दिउँसो १ बजेतिर तातो पानीको लागि सर्वे गर्ने क्रममा लिफ्टबाट अचानक खसेर गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उनको उपचारका क्रममा साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कार्यालयका अनुसार पोखरा रत्नचोकका भट्टराई न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया