लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार

सिरहा । लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ ।
यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गरे ।
सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा वडावडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । शिविरमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने लक्ष्य राखिएको छ ।
गाउँघरमै आँखा जाँच शिविर सञ्चालनले यहाँका गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिल्ने नगरप्रमुख चौधरीको भनाइ छ ।
“गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्”, उनले भने, “ आँखा जाँच शिविरले गाउँका नागरिकलाई धेरै राहत मिल्नेछ ।”
नगरपालिकाले गत वर्ष पनि एक हजार जनाको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखा जाँच शिविर सञ्चालन गरी निःशुल्क उपचार गराएको थियो ।














सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार बन्ने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया