१ हजार २ सय मिर्गौला प्रत्यारोपण सफल

भक्तपुर । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले ११ वर्ष अवधिमा एक हजार दुई सय वटा सफल मिर्गौला प्रत्यारोपण गरी इतिहास रच्न सफल भएको छ ।
बिहीबार ३९ वर्षीय श्रीमान्लाई उनकै ३४ वर्षीया श्रीमतीको दिएको मिर्गौलादानसँगै प्रत्यारोपणमा एक हजार दुई सय वटा पु¥याउन सफल भएको केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो तथा मिर्गौला प्रत्यारोपणविद् डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिएन। उनले भने, “नेपालको अङ्ग प्रत्यारोपणमा ८० प्रतिशत हिस्सा ओगट्दै आएको केन्द्रले आफ्नो स्थापनाको ११ वर्षमा एक हजार दुई सय वटा मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।
प्रत्यारोपणमा केन्द्रले ९९ प्रतिशत सफलता हासिल गर्दै आएको छ । केन्द्रले २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोण सम्पन्न गरेको छ । आगामी साता थप दुई जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी पूरा गरेका छौँ ।”
नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
















पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया