प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आज पुलिस र आर्मी भिड्दै
मेरोन्यूज
२०८० माघ २० गते ७:४१

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय दुई टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दैछन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजे हुने खेलमा पुलिस र आर्मी भिड्न लागेका हुन्।
पुलिस लगातार नौ खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो। यद्यपि ऊ दुई खेलअघि नै अन्तिम दुईमा पुगेको थियो। पुलिस सर्वाधिक १८ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
आर्मीले नौमध्ये सात खेलमा जित निकाल्दै अन्तिम दुई स्थान पक्का गरेको हो । प्रतियोगितामा १४ अंकका साथ आर्मी दोस्रो स्थानमा रह्यो।
पुलिस र आर्मीले तेस्रोपटक च्याम्पियन हुने लक्ष्य राखेका छन् । आर्मी तीनपटक उपविजेता बनेको छ।
उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्।
सम्बन्धित
















अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया