कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

आज मिति २०८० साल माघ २१ गते आइतवार ।माघ कृष्ण नवमी।पञ्चाङ्ग: वृद्धि गर विशाखा। फ्रेवुअरी ४ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष: अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।
वृष: आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । उपकार गरेर अरुको मन जित्न सकिनेछ ।
मिथुन: विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर पनि मिल्नेछ ।
कर्कट: आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तसँग भेटघाट रहनेछ । सफल यात्रा र उपहार पाइने सम्भावना छ । मनमा शान्ति पनि पनि छाउला ।
सिंह: व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बन्धी समस्या आउनसक्छ ।
कन्या: रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
तुला: बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।
वृश्चिक: मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
धनु: आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।
मकर: नयाँ काम वा रोजगार पाइन सक्छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्ला । मित्रताको बन्धन कसिने बेला छ ।
कुम्भ: मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन पनि हात लाग्न सक्छ ।
मीन: आज अचल सम्पत्ति हात पर्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ ।









विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने थाइल्याण्डको प्रतिबद्धता
अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागिरहेको छ: कुलमान घिसिङ
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा क्षति पुर्याउने धरौटीमा रिहा
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छ : संयोजक दाहाल
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
प्रतिक्रिया