मंगलबार, चैत २४, २०८२

क्यानडा र लिग २ खेल्ने नेपाली क्रिकेट टीम घोषणा

मेरोन्यूज २०८० माघ २१ गते २०:०३

काठमाडौं । नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको क्रिकेट टोली घोषणा गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

क्यानडासँग खेल्ने नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह रहेका छन् ।

यस्तै लिग २ खेल्ने नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल रहेका छन् ।

नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्ने भएपछि टोली घोषणा गरिएको हो।  उता आगामी फेब्रुअरी १५ देखि २४ सम्म नामिबिया र नेदरल्यान्ड्ससँग लिग-२ को पहिलो त्रिकोणात्मक सिरिज खेल्नेछ।

प्रतिक्रिया