सहरी विकास मन्त्रालयले पठाएको थियो बालेनलाई आक्रोसित पार्ने पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई धरहराको पार्किङ बन्द गर्न शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईं बबरमहलले पत्र पठाएको खुलेको छ।
मेयर बालेन्द्र शाहले काठमाडौँको धरहरा क्षेत्रमा महानगरले हालै खुला गरेको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएको भन्दै सोमबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आक्रोस पोखेका थिए । तर उनले पत्र कहाँबाट आएको र कस्ले पठाएको भन्ने कुरा भने खुलाएका थिएनन् ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाईं (भवन तथा आवास) कार्यालय बबरमहलले महानगरलाई धरहराको पार्किङ निर्माण पूरा नै नभई सञ्चालन नगर्न भन्दै पत्र पठाएको पाइएको छ।
काठमाडौँ महानगरपालिकालाई अहिले नै पार्किङ सञ्चालनमा नल्याउन भन्दै निमित्त आयोजना निर्देशन झप्परसिंह विश्वकर्माले माघ १४ गते नै पत्र पठाएका हुन् ।
पत्रमा इकाइँसँग कुनै सम्पर्क र समन्वय नै नगरी निःशुल्क पार्किङ खुला गरिएकोमा असन्तुष्टि व्यक्त गरिएको छ।
पत्रमा भनिएको छ, ‘विभिन्न छुटपुट कार्यहरू सम्पन्न गर्न बाँकी नै रहेको अवस्था छ। ती कार्य सम्पन्न नै नगरी भूमिगत पार्किङ सञ्चालन गर्दा निस्सासिने भई मानविय क्षतिसमेत हुने सम्भावना देखिएको एवं गर्न बाँकी रहेका कार्यहरू सम्पन्न गर्न बाधा व्यवधान समेत उत्पन्न हुने र निर्माण व्यवसायीबाट यस इकाईलाई आयोजना सम्पन्न भई हस्तान्तरण नभएको सन्दर्भमा निर्माणस्थलमा अनगिन्ति र अनाधिकृत व्यक्तिहरू र सवारी साधनहरूको प्रवेशले निर्माण स्थलको सुरक्षामा थप चुनौती बढ्न सक्छ,’ ।
निर्माण पूरा नभइ धरहरा आयोजनाको भूमिगत पार्किङ सञ्चालनमा ल्याउँदा निस्सासिने समस्या सिर्जना हुनसक्ने तर्फ पनि पत्रमा सचेत गराइएको छ।
‘त्यसको जिम्मेवारी कसले लिनेरु भन्ने विषय अन्योल रहेको छ। अर्कोतर्फ यस इकाईबाट निज निर्माण व्यवसायीलाई समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिइएको र हाल सो अनुरूप कार्य भइरहेको अवस्थामा आयोजना सम्पन्न हुनासाथ उक्त पार्किङको पूर्ण क्षमता अनुसार पार्किङ सञ्चालन गर्न सकिने भएकोले हाललाई निर्माण कार्य नसकुञ्जेल उक्त पार्किङस्थलको उपयोग गर्ने कार्य तत्काल नगरिदिँदा बाँकी रहेका निर्माण कार्यहरूलाई यथाशक्य चाँडो सम्पन्न गर्न सहयोग पुग्नेछ,’ पत्रमा उल्लेख छ।
हेर्नुहोस् आयोजनाले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र

















इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
प्रतिक्रिया