२५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
मेरोन्यूज
२०८० माघ २२ गते १५:४९

काठमाडौँ । अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा विङक्यानलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी
सर्लाही–४ मा गगन थापा ६ हजार मतले पछाडि
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बझाङमा एमालेका उम्मेदवार महर विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया