राष्ट्रपतिबाट पुरस्कार पाएपछि गायिक रचना रिमालले भनिन् : आज सङ्गीतिक जीवनको महत्वपुर्ण दिन

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट आज नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार (२०७९ प्राप्त गरेपछि आजको दिन आफ्नो सङ्गीतिक जीवनको महत्वपुर्ण दिन रहेको बताएकी छिन् ।
उनले पुरस्कारसहितको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै पुरस्कारले थप जिम्मेवार , उर्जाशिल र कर्तव्यनिष्ठ हुन हौसला प्रदान गर्ने गरेको उल्लेख गरेकी छिन् ।
उनले लेखेको छिन्, ” मेरो सङ्गीतिक जीवनको महत्वपुर्ण दिन आज रह्यो। नातिकाजी स्मृति समाजद्वारा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९९ औँ जन्मजयन्तीको अवसरमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्युबाट नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ प्राप्त गर्ने सौभाग्य प्राप्त गरेकी छु। यो स्थान सम्म पुग्छु होला, यी सफलताहरुको नजिक पनि पुग्छु भन्ने कहिल्यै सोचेकी थिईन । मिहेनत गर्नु धेरै छ, निरन्तर इमानदारी र अनुशासन सहित आफ्नो कर्म धेरै गर्न बाँकी नै छन्। तर यो पुरस्कारले थप जिम्मेवार , उर्जाशिल र कर्तव्यनिष्ठ हुन हौसला प्रदान गर्नेछ भन्नेमा ढुक्क छु। धेरै भन्दा धेरै धन्यवाद नातिकाजी स्मृति समाज परिवार । मलाई यो स्थान सम्म पुर्याउन साथ , सहयोग, हौसला, आशिर्वाद र माया दिनुहुने मेरो परिवार, सम्पुर्ण दर्शक स्रोता, मेरो आवाज रहेका सबै सृजनामा आवद्द रचनाकार, संगितकार, एरेन्जर, निर्माता लगायत सम्पुर्णमा नमन गर्दछु । हजुरहरुको माया र आशिर्वाद सदैव पाईरहन सकुँ।धन्यवाद “















संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
युवा संघको अध्यक्ष बने महाराज गुरुङ
President Paudel embarking on official visit to Japan on February 1
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया