क्यानडाविरुद्ध नेपालले ३० ओभरमा पाँचौँ विकेट गुमायाे
मेरोन्यूज
२०८० माघ २५ गते ११:४५

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कुशल मल्ललाई पाँचौँ विकेटका रूपमा गुमाएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले मल्ललाई २९.३ ओभरमा गुमाएको हो । मल्लले नेपाली टिमको स्कोरबोर्डमा २० रन जोडे ।
ब्याटिङमा संघर्षरत नेपालले जारी खेलको ३० ओभर सकिँदा पाँच विकेट गुमाएर १४३ रन बनाएको छ ।
त्यसअघि, नेपालले आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान आठ रनमा गुमाएको थियो । ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका थिए । भीम सार्कीले आउट हुनुअघि १७ रन जोडे ।
यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।
सम्बन्धित
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया