टीकापुर जग्गा प्रकरणमा २४९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कैलाली टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गा व्यक्ति विशेष तथा संघ-संस्थालाई वितरण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
अख्तियारले जोशीसहितका व्यक्तिविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।
नगर विकास समितिका पदाधिकारी, कर्मचारी तथा प्रथम तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा त्यसको तहगत सुक्रिबिक्री गर्ने र हाल कायम जग्गाधनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको घिमिरेले बताए।
जोशीसँग २ करोड १२ लाख ४० हजार ९४४ रुपैयाँ बिगो तथा सजाय माग गरिएको छ।
यस्तै, नगर विकास समितिका तत्कालीन अध्यक्ष ललित ताम्राकार, धीजराज रेग्मीलगायतलाई मुद्दामा प्रतिवादी बनाइएको छ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया