दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको खैरेनी नगरपालिका घर भई ललितपुरको गोदावरीमा बस्ने ३९ वर्षीय शान्ति गुरुङ रहेकी छन्।
गुरुङले सन्तोषी कुमारी थापासमेत पाँच जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ३ लाख रुपैयाँ लाग्छ र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङ काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ५ लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा पक्राउ परेकी हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गुरुङको खोजतलास गर्ने क्रममा बुधबार ललितपुर गोदावरी नगरपालिका चापागाँउबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया