मिथुन चक्रवर्ती अस्पतालमा भर्ना
मेरोन्यूज
२०८० माघ २७ गते १८:१३

काठमाडौं । वरिष्ठ अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना भएका छन् । एक फिल्मको सुटिङका क्रममा उनले छातिको दुखाइ महसुस भएको बताएपछि शनिबार कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको हो।
उनले शनिबार बिहान छाती दुखेको गुनासो गरेका थिए । अभिनेताका नजिकका मानिसहरूका अनुसार उनलाई असहज महसुस भएको थियो, त्यसपछि उनलाई अस्पताल लगिएको थियो।
७४ वर्षीय चक्रवर्तीको एमआरआई जाँच गरिएको छ। शनिबार फिल्म ‘शास्त्री’को सुटिङ गरिरहेका क्रममा उनको स्वास्थ्यमा खराबी आएको थियो । र तुरुन्तै अस्पताल पुर्याइयो।
तर, ई टाइम्ससँग कुरा गर्दै मिथुनका छोरा महाक्षय चक्रवर्तीले बुबा पूर्णतया स्वस्थ रहेको बताएका छन् । उनले नियमित चेकअपका लागि मात्र अस्पताल लगिएको बताए ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया