तपाईंकाे दिन कस्ताे हुनेछ ? हेर्नुहाेस् आजकाे राशिफल

आज मिति २०८० साल माघ २९ गते साेमबार । माघ शुक्ल तृतिया। पञ्चाङ्ग: शिव तैतल पूर्वभाद्र। फ्रेबुअरी ११ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: आज जोशजाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
वृष: आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।
मिथुन: कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।
कर्कट: आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।
सिंह: आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।
कन्या: सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
तुला: परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक: राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, काम गर्दा सजग भएर गर्नुहोला । मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक झमेलामा परिएला ।
धनु: रोकिएका काम पुनः सुरु हुनेछन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । परिवारसँग रमाइलाे समय बित्नेछ ।
मकर: आज प्रतिष्ठित काम गर्ने मौका छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
कुम्भ: विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
मीन: आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।
















Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
Women’s T20 World Cup Global Qualifier: Nepal out of Group Stage
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण
अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया