आइतबार, चैत २२, २०८२

यस्तो छ आजको विनिमयदर

मेरोन्यूज २०८० माघ २९ गते ८:११

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलर भाउ स्थिर रहँदा युरो र पाउण्डको भाउ बढेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ। यसअघि आइतबार पनि अमेरिकी डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो।

सोमबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रूपैयाँ ६० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २१ पैसाले बढेको हो। आइतबार यसको खरिददर १४२ रूपैयाँ ७४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ३९ पैसामा कारोबार भएको थियो।  

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ भने २८ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रूपैयाँ १५ पैसा कायम गरिएको छ। आइतबार भने यसको खरिददर १६७ रूपैयाँ ११ पैसा र बिक्रीदर १६७ रूपैयाँ ८७ पैसा तोकिएको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९३ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९२ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९६ पैसा तथा बिक्री दर १० रुपैयाँ कायम गरेको जनाइएको छ। 

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २७ रूपैयाँ ८२ पैसा र बिक्रीदर २७ रूपैयाँ ९५ पैसा कायम गरेको छ। 

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ५२ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ४६ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया