शुक्रबार, चैत २०, २०८२

सरकारले घटायो बजेट लक्ष्य, ८७.३७ प्रतिशत मात्रै खर्च हुने (पूर्णपाठ)

मेरोन्यूज २०८० माघ २९ गते १७:१०

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको लक्ष्य घटाएको छ। अर्थ मन्त्रालयमा आज चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ८७.३८ प्रतिशतमात्रै खर्च हुने बताएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याएको थियो।

अर्थमन्त्री महतले संशोधित अनुमानअनुसार १५ खर्ब ३० अर्ब ६२ करोड रुपैयाँमात्रै खर्च हुने बताए। जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशतमात्रै खर्च हुने उनको भनाइ छ। चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.८४ प्रतिशतमात्रै खर्च हुने संशोधित अनुमान रहेको उनले जानकारी दिए।

अर्थमन्त्री महतले वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान रहेको बताए। ‘स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ४६ लाखमात्रै उठ्ने संशोधित अनुमान छ’, उनले भने।

प्रतिक्रिया