अवैध लागूऔषधसहित चारजना पक्राउ

काठमाडाैं । कञ्चनपुर र बाराबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । कञ्चनपुरकाे बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ६ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका-९ शंकरपुर बस्ने ३३ वर्षीय जनक सापकोटा र सोही नगरपालिका- ८ बडयापुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प २६०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाराकाे कलैया उपमहानगरपालिका-१ देवकोटा चोकबाट नियन्त्रित लागूऔषध डाईजापाम ५६ ट्याब्लेट, फेनारगन ५३ ट्याब्लेट, नोरफिन ५३ ट्याब्लेट, ट्रामानिल ६ सय ५० ट्याब्लेट, सिरिन्ज ५ थानसहित निजगढ नगरपालिका-६ योजना टोल बस्ने २९ वर्षीय हेम बहादुर थापा समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना.५६ प ८७७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया