अवैध लागूऔषधसहित चारजना पक्राउ

काठमाडाैं । कञ्चनपुर र बाराबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । कञ्चनपुरकाे बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ६ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका-९ शंकरपुर बस्ने ३३ वर्षीय जनक सापकोटा र सोही नगरपालिका- ८ बडयापुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प २६०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाराकाे कलैया उपमहानगरपालिका-१ देवकोटा चोकबाट नियन्त्रित लागूऔषध डाईजापाम ५६ ट्याब्लेट, फेनारगन ५३ ट्याब्लेट, नोरफिन ५३ ट्याब्लेट, ट्रामानिल ६ सय ५० ट्याब्लेट, सिरिन्ज ५ थानसहित निजगढ नगरपालिका-६ योजना टोल बस्ने २९ वर्षीय हेम बहादुर थापा समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना.५६ प ८७७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।












पाकिस्तानमा विवाह समारोहमा ग्यास विस्फोट, दुलहा–दुलहीसहित ८ जनाको मृत्यु
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा
मकवानपुरमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु
भृकुटीमण्डपमा राप्रपाको जलपान, प्रधानमन्त्री पनि सहभागी
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया