सुन जाँचबुझ आयोगले लियो क्यासिनो वाल्डोका सञ्चालकसँग बयान
मेरोन्यूज
२०८० माघ २९ गते २१:२०

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले ठमेलस्थित क्यासिनो वाल्डोका सञ्चालकसँग बयान लिएको छ ।
छायाँ सेन्टरमा रहेको क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक फ्लोरेन्स लगायतसँग बयान लिएको आयोग स्रोतले बताएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणका चिनियाँ अभियुक्तको सम्बन्ध क्यासिनो वाल्डोसँग जोडिएको थियो । मुख्य आरोपी याओ पुचिङ नियमित रूपमा यो क्यासिनो जाने र हुण्डी कारोबार गर्ने गरेको भेटिएको थियो ।
यसअघि आयोगले यो मामिलामा माओवादी नेता कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन लगायतसँग बयान लिइसकेको छ ।
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया