अध्यागमनले आजदेखि बिहान ८ देखि राति ८ बजेसम्म सेवा दिने
मेरोन्यूज
२०८० फागुन १ गते ११:४९

काठमाडौं। अध्यागमन विभागले मंगलबारबाट सेवाअवधिको समय बढाएको छ । विभागले १ फागुन मंगलबारबाट सेवाअवधि बढाएर बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा दिन थालेको हो ।
यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएकोमा बिहान २ घण्टा र साँझ ३ घण्टा गरेर दैनिक ५ घण्टा सेवाअवधिको समय विभागले बढाएको हो ।
साताको सात दिन नै बिहान ८ बजेदेखि र राति ८ बजेसम्म सेवा दिइने भए पनि सार्वजनिक बिदामा भने बिदा रहने विभागले जनाएको छ ।
बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र गर्न सकिने विभागको सूचनामा उल्लेख छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया