५ लाख ५० हजारले पाए ‘अनलाइन’ बाट प्रहरी चारित्रिक प्रमाणपत्र

काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा पाँच लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ ।
गत साउनदेखि माघसम्मको अवधिमा सात लाख १० हजार नौ सय ४४ नेपाली तथा विदेशी नागरिकबाट अनलाइन आवेदन प्राप्त भएका थिए ।
प्राप्त आवेदनमध्ये एक लाख ४४ हजार दुई सय १२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार छ सय ७२ आवेदन कार्यान्वयनको क्रममा रहेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
प्रहरी रिपोर्टसम्बन्धी काम नेपाल प्रहरी प्रधान कार्यालय सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) शाखाको सहयोगमा चालचलन शाखाले गर्दै आएको छ । उक्त शाखा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत रहेको छ ।
विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आवेदन प्राप्त भएको पाँच दिनभित्रमा चारित्रिक प्रमाणपत्र उपलब्ध गराउँदै आएको बताए ।
















बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया