पाल्पा जिप दुर्घटना : ज्यान गुमाउनेको संख्या १० पुग्यो
मेरोन्यूज
२०८० फागुन २ गते ६:५९

काठमाडौं । पाल्पा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । मंगलबार अपराह्न डुम्रेबाट शिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै आठ जनाको मृत्यु भएको थियो ।
साथै लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा अन्य दुई जनाको निधन भएसँगै मृतकको संख्या १० पुगेको हो ।
घटनास्थलमा ज्यान गुमाएकामध्ये ६ जना र अस्पतालमा ज्यान गुमाएका दुई गरी आठ जनाको पहिचान भएको छ ।
उपचारका क्रममा २० वर्षीया गीता सुनार र ६६ वर्षीया विष्णुकला कामीको निधन भएको हो । प्रहरीका अनुसार दुर्घटनास्थलमा ६० वर्षीया यमकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, चन्द्र रणपाल र उनकी श्रीमती चुना रणपालको पहिचान खुलेको हो ।
सम्बन्धित
















पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया