बुधबार, वैशाख २, २०८३

मन्त्री किराँतीले गरे आफ्नो कार्यकक्ष आफैंले सफा (भिडियाे)

काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा मन्त्री किराँतीले आफ्नो कार्यकक्षमा पोछा लगाउँदै गरेको देखिन्छ ।

उनले सार्वजनिक गरेकाे भिडियाेकाे क्याप्सन लेखेका छन्, ‘बिहानी पख आफ्नै कार्यकक्षको शृङ्गार गर्दै!’

उक्त भिडियाेमा कार्यकक्ष सरसफाइ गरिरहँदा नजिकै रहेकी कर्मचारी समान सार्नमा व्यस्त थिइन् ।त्यसै बेला मन्त्री किराँतीले उनलाइ जाडोमा कार्यालय चाँडो आउँदा रिस उठ्छ कि उठ्दैन भनेर सोधिरहेका देखिन्छन् ।

कर्मचारीले गाह्रो लाग्दैन भनेर जवाफ दिन्छन् । किरातीले काम देशका लागि गर्नु पर्छ भनेर हौसला दिन्छन् । उनले कर्मचारीको परिवारका बारेमा पनि सोधपुछ गर्छन् । यस्तो काम गरेको कति भयो भनेर किरातीले सोधपुछ गरेको देखिन्छ । कर्मचारी भने हाँसिरहेकी देखिन्छ । 

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया