त्रिशूलीमा बेपत्ता भएका युवकको शव फेला
मेरोन्यूज
२०८० फागुन ५ गते १८:२६

गोरखा । माछा मार्ने क्रममा त्रिशूली नदीमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन्। तनहुँको ब्यास–५ घर भई धादिङ बस्दै आएका ३२ वर्षीय गोविन्द बोटेको शव भेटिएको हो।
शुक्रबार साँझ गण्डकी गाउँपालिका–८ चरौदीस्थित त्रिशूली नदी किनारमा बोटेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए।
उनी माछा मार्ने क्रममा फागुन २ गते चरौदीस्थित त्रिशूली नदी किनारबाट हराएका थिए। शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ।
सम्बन्धित
















पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया