‘कला, साहित्यले देशमा परिवर्तन ल्याउन सक्छ’

काठमाडौँ । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त कृति सार्वजनिक गरे ।
उपकुलपति राईले कला, साहित्यले देशमा परिवर्तन ल्याउनसक्ने बताए । उनले कविताले मानिसलाई रुवाउन र हसाउन सक्ने भएकोले साहित्यमा ठूलो शक्ति लुकेको बताए । शक्तिको श्रोत हुने भन्दै अब्बल कविताले परिवर्तन ल्याउनसक्ने भन्दै विदेशमा बस्ने नेपालीहरुले साहित्यलाई धेरै माया गर्ने गरेको पाएको बताए ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धनप्रसाद सुवेदीले कला साहित्य मार्फत मानिसका भोगाइ र बिम्बहरु प्रस्फुटन हुने बताए ।
कृतिमा ११५ शीर्षकका गीत तथा कविता रहेका छन् । कवि तथा लेखिका कला सेरेङले परदेशमा रहँदा घर र देशको सम्झनालाई विषयवस्तु केन्द्रित गरेर कविता प्रकाशन गरेको बताए । उनले आफ्नो कविताले नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको भन्दै साहित्यलाई निरन्तरता दिदै जाने बताए ।
यस्तै सोही कार्यक्रममा कला सेरेङको ‘अतितका यादहरू’ गीति भिडियोको पनि सार्वजनिक गरिएको छ ।
गीतलाई संगीतकार बीबी अनुरागीले संगीत र गायिका अन्जु पन्तले गाएका छन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया