‘कला, साहित्यले देशमा परिवर्तन ल्याउन सक्छ’

काठमाडौँ । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त कृति सार्वजनिक गरे ।
उपकुलपति राईले कला, साहित्यले देशमा परिवर्तन ल्याउनसक्ने बताए । उनले कविताले मानिसलाई रुवाउन र हसाउन सक्ने भएकोले साहित्यमा ठूलो शक्ति लुकेको बताए । शक्तिको श्रोत हुने भन्दै अब्बल कविताले परिवर्तन ल्याउनसक्ने भन्दै विदेशमा बस्ने नेपालीहरुले साहित्यलाई धेरै माया गर्ने गरेको पाएको बताए ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धनप्रसाद सुवेदीले कला साहित्य मार्फत मानिसका भोगाइ र बिम्बहरु प्रस्फुटन हुने बताए ।
कृतिमा ११५ शीर्षकका गीत तथा कविता रहेका छन् । कवि तथा लेखिका कला सेरेङले परदेशमा रहँदा घर र देशको सम्झनालाई विषयवस्तु केन्द्रित गरेर कविता प्रकाशन गरेको बताए । उनले आफ्नो कविताले नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको भन्दै साहित्यलाई निरन्तरता दिदै जाने बताए ।
यस्तै सोही कार्यक्रममा कला सेरेङको ‘अतितका यादहरू’ गीति भिडियोको पनि सार्वजनिक गरिएको छ ।
गीतलाई संगीतकार बीबी अनुरागीले संगीत र गायिका अन्जु पन्तले गाएका छन् ।
















लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया