रास्वपाले विघटन गर्याे कर्णाली प्रदेशका सबै कमिटी र विभाग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ ।
आइतबार साँझ बसेको रास्वपा सचिवालयको बैठकले कर्णाली प्रदेशमा विशेष अभियानको आवश्यकता देखिएको निष्कर्ष निकाल्दै प्रदेशदेखि वडासम्मका सबै समिति र विभाग भंग गर्ने निर्णय गरेको हो।
रास्वपा महामन्त्री मुकुल ढकालका अनुसार कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी तीन महिने कर्णाली विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको हो।
यस्तै आइतबार बसेको रास्वपा सचिवालय बैठकले विभागमा उपप्रमुख र सदस्य मनोनयन पनि गरेको छ।
जसअनुसार केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुखमा पवन देवकोटा, केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारालाई मनोनयन गरिएको छ।
केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारा र केन्द्रीय विधेयक मन्थन विभागमा भोजराज क्वालिटीलाई सदस्य बनाइएको छ।
केन्द्रीय मानव अधिकार विभागको सदस्यमा गणेश पौडेल र केन्द्रीय संगठन विभागको सदस्यमा दीपक विश्वकर्मा थपिएको ढकालले जानकारी दिए।
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया