वाफ च्याम्पियनसिपमा नेपालको शानदार शुरुवात, सिरियाविरुद्ध ४-१ ले विजयी

काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।
समुह बी अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले सिरियालाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
नेपाली महिला फुटबल टिमले सिरियाविरुद्ध पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो ।
जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा जारी खेलमा नेपालका लागि अमिष कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले पहिलो हाफमा एक एक गोल गरेका थिए भने दोस्रो हाफको ६९औं मिनेटमा रेखा पौडेलले एक गोल थापेकी थिइन् । त्यस्तै नेपालले पहिलो हाफको अन्त्य तिर एक गोल खाएको थियो ।
यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइरहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।
नेपालले अब दोस्रो खेलइराकविरुद्ध विहिबार खेल्ने तालिका रहेको छ । त्यस्तै समुह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने छ ।
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया