नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य
मेरोन्यूज
२०८० फागुन ९ गते ११:५८

काठमाडौं । ओपनर आसिफ सेखको अर्धशतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियासामु १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७।१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्ल ३६, भिम सार्की २६ तथा कुशल भुर्तेल १८ रन बनाएर आउट भएका थिए ।
त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए ।
त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए ।
सम्बन्धित
















भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया