केपी ओली कप फुटबल : चर्च ब्वाइज युनाइटेड पराजित
मेरोन्यूज
२०८० फागुन ११ गते २१:१८

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब ‘केपी ओली एफसी’सँग पराजित भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । केपी ओली एफसीका लागि जय गुरुङले दुई तथा फोडे फोफनाले एक गोल गरे ।
खेलको ५८औँ मिनेटमा फोफनाले पहिलो गोल गरेका थिए । यस्तै खेलको ६८औँ मिनेटमा गुरुङले आफ्नो पहिलो तथा खेलको ८०औँ मिनेटमा दोस्रो गोल गर्दै केपी ओली एफसीलाई ३–० गोलले जित दिलाएका थिए ।
नेकपा (एमाले) को भातृ सङ्गठन युवा सङ्घ नेपालको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
सम्बन्धित
















पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
प्रतिक्रिया