मिर्मिरे लघुवित्तको आज साधारण सभा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ। सभा प्रयोजनका लागि संस्थाले फागुन ४ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, फागुन ३ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्।
सभामा सेयरधनीको भने हात खाली हुने भएको छ। सभा, होटल सारथी, धुलिखेल नगरपालिका वडा–७, धुलिखेल, क्राभेपलान्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ। त्यसका साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ।
संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने सम्बन्धमा पनि छलफल हुनेछ। प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परेमा सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया