बिहीबार, वैशाख १०, २०८३

खेलकुदको विकासमा राज्यले बढी लगानी गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

मेरोन्यूज २०८० फागुन १४ गते २०:५५

धनुषा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुदको विकास गर्न लगानी गर्न जरुरी रहेको बताइन् । उनले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडी उत्पादन गर्न राज्यको लगानी कम भएको उल्लेख गरे ।

Advertisement
NiccNicc

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा आजदेखि सुरु भएको ‘प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिता’को आज उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले खेलकुदमा राज्यको लगानी कम भए पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रियजगत्मा गरेको प्रदर्शनको उच्च प्रशंसा गरिन्। महिला हक्की प्रतियोगिताले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्दै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनले आशा व्यक्त गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले आपसी सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाउँदै मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताईन् । उनले खेलकुदमा रहेको अनुशासन तथा संयमता राजनीतिक क्षेत्रमा प्रदर्शन हुन जरुरी रहेको उल्लेख गर्दै स्व मदन भण्डारीले राखेको स्वच्छ राजनीतिक प्रतिस्पर्धाबाट नेतृत्वको विकास हुनु पर्दछ भन्ने मान्यता अहिले पनि उपयोगी भएको र यो खेलमा पनि लागू हुने बताईन् ।

कार्यक्रममा नेकपा (एमाले) का सचिव एवं धनुषा निर्वाचन क्षेत्र नंं ४ का सांसद रघुवीर महासेठले नेपालमा खेलकुद क्षेत्रमा राज्यको लगानी कम भए पनि खेलाडीले खेल क्षेत्रमा गरेको प्रदर्शन सराहनीय भएको बताईन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मालगायतका वक्ताले हक्की खेलको विकासमा ध्यान दिन सरकारसँग आग्रह गरिन् । प्रतियोगितामा कर्णालीबाहेकका ६ प्रदेश, त्रिभुवन आर्मी क्लब र मदन भण्डारी स्पोर्टस् एकेडेमीको टोली सहभागी छन् । प्रतियोगिता यही फागुन १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ५० हजार, द्वितीय हुनेले रु एक लाख, तृतीय हुने टोलीले रु ५० हजार तथा उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

पूर्वराष्ट्रपतिद्वारा धनुष मन्दिरमा पूजाअर्चना

यसैबीच पूर्वराष्ट्रपति भण्डारीले धनुषाको प्रसिद्ध धार्मिक तीर्थस्थल धनुषाधामस्थित धनुष मन्दिरमा आज पूजाअर्चना गरिन् । उनलाई मन्दिरको महत्वका विषयमा मन्दिरका महन्त भरत दासले जानकारी गराईन्।

पूर्वराष्ट्रपति भण्डारीसँगै नेकपा (एमाले) का सचिव रघुवीर महासेठले पनि पूजाअर्चना गरेकी थिईन् ।

प्रतिक्रिया